सोमवार, मंसिर २०, २०७८

बङ्गलादेशमा व्यापारीको हत्या

२३ जेष्ठ २०७३, आईतवार १८:५८

ढाका (बङ्गलादेश), २३ जेठ । बङ्गलादेशको उत्तरपश्चिममा अवस्थित बोनपारा गाउँमा आइतबार एक अल्पसङ्ख्यक क्रिश्चियन धर्मावलम्बीलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको प्रहरीले बताएको छ । उनी स्थानीय किराना व्यापारी हुन ।
आईएस लडाकूले अल्पसङ्ख्यक धर्मावलम्बी र मानवअधिकारकर्मीमाथिको आक्रमणलाई तीब्र बनाइरहेका बेला आइतबार क्रिश्चियन समुदायको पुरानो बस्ती बोनपारामा एक अज्ञात समूहद्वारा ६५ वर्षीय सुनिल गोम्सको हत्या गरेको छ ।

गोम्सलाई चर्च नजिकै रहेको उनको किराना पसलमा काम गरिरहेको बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ, नाटोर इलाकाका प्रहरी उपप्रमुख साफिकल इस्लामले बताए ।
घटना बङ्गलादेशमा आतङ्कवादविरुद्धको अभियानमा सक्रिय एक उच्च अधिकारीकी पत्नीलाई बङ्गलादेशको दक्षिणपूर्वी गाउँ चितागोङमा शङ्कास्पद अतिवादी समूहले गरेको क्रुर आक्रमणको केही घन्टापछि भएको हो ।
बङ्गलादेशमा धर्मनिरपेक्षवादी तथा उदारवादी अधिकारकर्मी र अल्पसङ्ख्यक धर्मावलम्बी अगुवाहरुमाथि गरिएका आक्रमणमा विगत तीन वर्षमा ४० जनाको हत्या भएको छ ।
आक्रमण स्थानीय आईएस विद्रोहीले गराएको हुनसक्ने बङ्गलादेशका अधिकारीले बताएका छन् । तर आक्रमणप्रति कुनै समूहले जिम्मेवारी लिएको भने छैन ।
पछिल्लो हत्या के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै प्रष्ट सूचना आइसकेको छैन । यद्यपि यो आक्रमण पनि हिन्दू अल्पसङ्ख्यक तथा अन्य अल्पसङ्ख्यक समुदायमाथि हालैका केही महिनायता गरिएका घटनासँग मिल्दोजुल्दो देखिन्छ, इन्स्पेक्टर अब्दुर रजाकले बताए ।
बङ्गलादेशमा इटालीका क्याथोलिक धर्मगुरुलाई उत्तरी भूमागमा गएको वर्ष आक्रमण गरिएको थियो । जसको जिम्मेवारी आईएस समूहले लिएको थियो ।
बोनपारा क्याथोलिक चर्चका प्रमुख विकास हवर्ट रेवेइरोले बताएअनुसार गोम्स एक इमान्दार क्रिश्चियन धर्मावलम्बी रहेको र उनले चर्चमा मालीका रुपमा काम गर्दै आएका थिए । गोम्सका भाइ भने क्रिश्चियन धर्मगुरु (प्रिस्ट) हुन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share