बक्यौता नतिर्ने क्यासिनो चल्न दिन आदेश
२७ असार २०७३, सोमबार ०७:१६काठमाडौं, २७ असार – सरकारी बक्यौता चुक्ता गर्न नसकेका र नयाँ नियमावली पालना गर्न नसकेर बन्द भएका क्यासिनोलाई सञ्चालन गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सरकारले २०७० सालमा ल्याएको नियमावली पालना गर्न नसेकेका कारण २०७१ वैशाखबाट बन्द भएका क्यासिनो र्याङ र भेनसलाई अदालतले सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलाशले गत असार १६ गते अन्तरिम आदेश दिएको हो । यो मुद्धामा क्यासिनो बन्द गराउन सरकारको २०७१ वैशाख ५ गतेको निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिइएको हो ।
लाजिम्पाटस्थित पाँच तारे होट र्याडिसनमा रहेको क्यासिनो र्याडलाई सञ्चालन गर्न दिनुपर्ने मागसहित क्यासिनोका सञ्चालक मनोजप्रसाद सुवेदी र सन्तोषवरसिंह थापाले रिट निवेदन दिएका थिए ।
आजको अन्नपूर्णपोष्टमा खबर छ ।