बिहिबार, माघ ६, २०७८

फ्रान्समा फेरि आंतककारी हमला,भीडमाथि एउटा लरी गुडाइँदा कम्तीमा ८० को ज्यान गयो

३१ असार २०७३, शुक्रबार ०८:५८

काठमाडौं ३१ असार । फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा कम्तीमा ८० जनाभन्दा बढीको ज्यान गएको छ । 

आतिशबाजी प्रदर्शनपछि उक्त घटना भएको थियो। सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको बिबिसीले जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमा राखिएको एउटा तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन्। अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको छ ।

निसका मेयरले भनेका छन्, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ। उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो। आन्तरिक मामिलामन्त्री पियर हेन्री ब्रन्डेले यसअघि खबर आएजस्तो बन्धकको अवस्था नरहेको र लरीका चालकमाथि कारवाही गरिएको बताएका छन्। उनले ती चालकले एक्लै उक्त आक्रमण गराएको वा अरु कोही थिए भन्ने विषयमा अनुसन्धान भइहेको बताएका छन्।

यसैबीच फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपतकालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको उनको कार्यालयले जनाएको छ। ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए। केही रिपोर्टहरुमा प्रहरी र लरीमा रहेकाहरुबीच गोली हानाहान भएको बताइएको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ। निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन्, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन। बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए। हामीले बन्दुक चलेको सुन्यौं। हामीले ठान्यौँ त्यो आतिसबासी होला।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share