मङ्लबार, असार २१, २०७९

फ्राईडे रिलिजमा अनु र राजेशको ‘कम्पन’

४ असार २०७३, शनिबार ०९:१०

20160616233137_68a4b707057cbe1ffef0406139766f

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता ‘कम्पन’ नामक फिल्म प्रदर्शनमा आएको छ । भूकम्पको कथा बोल्ने फिल्म एक्लै प्रदर्शनमा आएको हो ।

अघिल्लो हप्ता युवा स्टार अनमोल केसीको फिल्म ‘गाजलु’ प्रदर्शनमा आएपछि त्यसको होल्ड ओभरको डरमा अन्य निर्माताहरु फिल्मको रिलिज तोक्न सकेका थिएनन् । ‘कम्पन’लाई दिनेश पौडेलले निर्देशन गरेका हुन् ।

फिल्मका निर्माता राजेन्द्र बस्नेतको हुन् भने लगानीमा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकीले साझेदारी गरेका छन् । फिल्ममा अनु पराजुली, राजेश ढुङ्गाना, राजे्द्र बस्नेत, पुष्कर राउत लगायत अभिनयमा छन् ।

त्यसो त अघिल्लो हप्ता प्रदर्शनमा आएको ‘गाजलु’को दबदबा हलहरुमा कायमै हुँदा ‘कम्पन’ले सोचेअनुसारको हल भने पाएको छैन् । ‘गाजलु’ सिंगल स्कृन तथा मल्टिप्लेक्स दुबैतिर सफल छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share