बिहिबार, माघ १३, २०७८

फेवा तालमा माछाका भुरा छोडियो

२२ असार २०७३, बुधबार १८:२५

पोखरा, २२ असार । जिल्ला कृषि विकास कार्यालयले आज फेवा तालको खपौंदी क्षेत्रमा आठ हजार माछाका भुरा छोडेको छ ।

हर्पन फेवा मत्स्य सहकारी संस्था, खपौदीमा आयोजित एक कार्यक्रमकाबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेशप्रसाद कोइरालाले संयुक्त रुपमा माछाका भुरा छोडेका हुन ।

फेवा तालमा रु एक लाख मूल्य बराबरका २० हजार माछाका भुरा छोड्ने योजना रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए  । तालमा रहु, नैनी, विगेटलगायतका विभिन्न जातका माछाका भुरा छोडिएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share