फेरि पेट्रोल पम्पमा लाइन
२० असार २०७३, सोमबार ०६:५३काठमाडौं,२० असार- पेट्रोलियम पदार्थ आपूर्तिमा एकाधिकार पाएको नेपाल आयल निगमले भण्डारण र विवरण व्यवस्थित बनाउन नसक्दा आइतबार फेरि काठमाडौंका पेट्रोल पम्पमा उपभोक्ताको लाम देखिएको छ ।
निगमसँग पेट्रोलियम पदार्थ स्टक गर्ने क्षमता कमजोर हुँदा तेल आपूर्ति सामान्य अवरोध हुनासाथ उपभोक्ता लाम बस्न बाध्य भएका छन् ।
भारतीय नाकाबन्दीका कारण देशभरका उपभोक्ताले गत चैतसम्म लाम बसेर इन्धर भरेका थिए । लाम बस्नुपर्ने बाध्यताबाट अस्थायी मुक्ती मिलेको तीन महिना हुँदा पेट्रोल वितरण र शनिबार बिदा हुँदाको असर तत्काल बजारमा देखिएको हो । आजको नागरिकमा खबर छ ।