फिलिपिन्समा सरकार र कम्युनिष्ट बिद्रोहीबीच शान्तिवार्ता हुने
२ असार २०७३, बिहीबार १६:३७मनिला, २ असार । फिलिपिन्समा यहाँको सरकार र यहाँ बिगत निकै लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट बिद्रोहीबीच शान्ति वार्ता हुने भएको छ ।
फिलिपिन्सका कम्युनिष्ट बिद्रोहीसँग सरकारले शान्ति वार्ता गर्न लागेको शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका व्यक्तिले बताएका छन् ।
उनीहरुले वर्तमान सरकारले फिलिपिन्समा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका कम्युनिष्ट बिद्रोहीसँग वार्तागर्ने तयारी गरिरहेको र सो वार्ता आगामी जुलाई महिनामा हुने जानकारी गराएका छन् ।
शान्तिवार्ता विगतदेखि अवरुद्ध भएको र नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले सो वार्तालाई पुनः सुरु गर्ने तयारी गरेकाे बताइएको छ ।
सन् २०१३ मा आयोजना गरिएको शान्तिवार्ता पनि विना निष्कर्ष टुंगिन पुगेको थियो । त्यसपछि सो वार्तालाई सुरु गर्न सकिएको थिएन ।
राष्ट्रपति डुटेर्ते सत्तामा आएपछि शान्तिवार्ताका लागि पहल सुरु गरेका थिए । सो पहलस्वरुप नै दुवै पक्षबाट वार्ता टोली पनि गठन गरिएको थियो ।
उक्त वार्ता टोली र वार्ताका मध्यस्थताको बैठक गएको दुई दिनदेखि मनिलामा बसेको थियो । सो बैठकपछि दुवै वार्ता टोलीद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा आगामी वार्ता जुलाईको तेस्रो साता हुने बताइएको छ ।
उक्त बिज्ञप्तिमा जुलाईको तेस्रो साता फिलिपिन्सको मनिलामा सो वार्ता सुरुहुने जनाइएको छ । फिलिपिन्सको हिंसात्मक बिद्रोह एसियाकै सबैभन्दा पुरानो हो । दशकौँदेखि जारी सो विद्रोहमा परी दशौँ हजार व्यक्तिको ज्यान गएको छ । रासस/एएफपी