शुक्रबार, असार १७, २०७९

फिलिपिन्समा शान्ति वार्ताको तयारी

१३ असार २०७३, सोमबार १५:४३

मनिला, १३ असार । एसियाको सबैभन्दा लामो द्वन्द्वका रुपमा रहेको फिलिपिन्समा यहाँको सरकार र बिगत लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको कम्युनिष्ट बिद्रोहीबीच शान्ति वार्ता हुने भएको छ ।

यहाँ हालैका दिनहरुमा सो वार्ताको तयारी सुरु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यसका लागि संयुक्त वार्ता टोली पनि गठन गरिएको जनाइएको छ ।

सरकारले वार्ता गर्ने तयारीलाई गतहप्तादेखि नै सक्रिय पारेको थियो । त्यसपछि देखि नै सरकारी र विद्रोही दुवै पक्षले वार्ताको तयारी गरिरहेको जनाएका छन् ।

शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका व्यक्तिले हालैमात्र पत्रकार सम्मेलनमार्फत फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँग सरकारले शान्ति वार्ता गर्न लागेको र त्यसका लागि तयारी जारी रहेको बताएका थिए ।

यसअघि सन् २०१३ मा गरिएको शान्तिवार्ता सफल हुन सकेको थिएन । नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले सो वार्तालाई पुनः सुरुगर्ने बताएका थिए ।

राष्ट्रपति डुटेर्ते सत्तामा आएपछि शान्तिवार्ताका लागि पहल सुरु गरेका थिए । सो पहलस्वरुप नै दुवै पक्षबाट वार्ता टोली पनि गठन गरिएको थियो ।

फिलिपिन्सको हिंसात्मक बिद्रोह एसियाकै सबैभन्दा पुरानो हो । दशकौँदेखि जारी सो विद्रोहमा परी दशौँ हजार व्यक्तिको ज्यान गएको छ । तर पटक पटकका यसअघिका यस्ता शान्ति वार्ताहरु सफल हुन भने सकेका छैनन् ।
सरकारले दिएको जानकारी आगामी महिनाको सुरुमा नै दुवै तर्फबाट संयुक्त रुपमा वार्तामा बस्ने सहमति भएको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share