शनिबार, मंसिर १८, २०७८

फिलिपिन्सको नयाँ राष्ट्रपतिमा रोड्रिगोे डुटेर्ते

१७ जेष्ठ २०७३, सोमबार १८:१६

मनिला, १७ जेठ । फिलिसिन्सको संसदले सोमबार रोड्रिगोे डुटेर्तेलाई राष्ट्रको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

यसै महिनाको सुरुतिर फिलिपिन्समा भएको आमनिर्वाचनमा डुटेर्ते प्रचण्ड बहुमत प्राप्त गरी विजयी भएका थिए ।
संसदको दुबै सदन प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकले सोमबार सो घोषणा गरेको हो । यसै महिना भएको निर्वाचनमा डुटेर्तेले ६० लाख भन्दा बढी मत प्राप्तगरी फिलिपिन्सको राष्ट्रपति पदमा विजय हासिल गरेका थिए ।
आफू राष्ट्रपति पदमा विजय भएको घोषणापछि उनले  अबका दिनमा फिलिपिन्समा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गरेका थिए ।
डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रेका थिए । उनी फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहेका थिए । उनी उक्त दाभाओ सहरमा २२ बर्षसम्म मेयर भएका थिए । दाभाओ सहरको मेयर हुदाँ पनि उनले अपराधविरुद्ध कडा कदम चालेको बताइन्छ ।
उनले ३९ प्रतिशत मत हासिल गरेका थिए , भने उनका निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय भएका थिए । फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन ।  डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा मात्र गर्नुहुने कार्यक्रम रहेको छ । रासस÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share