शनिबार, माघ ८, २०७८

फलाम, चुनढुङ्गा र तामाको अन्वेषण

१२ असार २०७३, आईतवार १९:३२

काठमाडौँ, १२ असार । खानी तथा भूगर्भ विभागले थप १५ ठाउँमा तीन खनिज पदार्थ रहेको पत्ता लगाएको छ । 

विभागका उपसचिव जयराज घिमिरेले सल्यान, तनहुँ, उदयपुर, धादिङ जिल्लाका १५ ठाउँमा फलाम, चुनढुङ्गा र तामा पत्ता लगाएको जानकारी गराए । “खनिज पदार्थको अन्वेषणका क्रममा हामीले फलाम, चुनढुङ्गा र तामा थप १५ ठाउँमा रहेको पत्ता लगाएका छौँ” –उनले भने, “ती खनिज पदार्थलाई उत्खनन गरी प्रयोगमा ल्याइनेछ ।”

सल्यान, पाल्पा, उदयपुरका विभिन्न ठाउँमा चुनढुङ्गा, तनहुँमा फलाम र धादिङमा तामाको अन्वेषण गरिएको छ । यसअघि विभागले नेपालका विभिन्न जिल्लाका ४०० ठाउँमा विभिन्न खनिज पदार्थ रहेको अन्वेषण गरेको थियो । विभागले अन्वेषण गरेपछि उत्खननका लागि निजी कम्पनीलाई अनुमति दिने गर्दछ । घिमिरेले ती ठाउँमा खनिज पदार्थको गुण र परिमाण पनि यकिन गरिएको जानकारी दिए ।

“खनिज पदार्थ कुन गुणस्तरीय र कति परिमाणमा रहेका छन् भन्ने हामीले अध्ययन गर्‍यौँ”– उनले भने, “प्रयोगमा ल्याउन सक्ने गुणस्तर र धेरै परिमाणको रहेको पायाैँ ।” घिमिरेले ती ठाउँबाट खनिज पदार्थ उत्खननका लागि निजी कम्पनीलाई प्रस्तावसमेत आह्वान गरिएको जानकारी गराए ।

यसैगरी, विभागले नवलपरासी र बझाङका विभिन्न ठाउँमा फलामको अध्ययन गरिरहेको छ । “नवलपरासी र बझाङका केही ठाउँमा फलाम रहेको थाहा भएको र अहिले हामी ती ठाउँमा रहेको फलामको अध्ययनका क्रममा रहेका छाैँ ।” उनले चाँडै नै अन्वेषण गरेर ती ठाउँमा रहेका फलामको गुण र परिमाण पत्ता लगाउने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share