मङ्लबार, कार्तिक ९, २०७८

फरार दुई अभियुक्त पक्राउ

३ आश्विन २०७३, सोमबार ११:०९

सप्तरी, ३ असोज । सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ वर्षीय प्रमानन्द मण्डललाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा प्रमोदलाई छ महिना कैद र प्रमानन्दलाई नौ महिना कैद तोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विद्युत् हुकिङ गर्ने पक्राउ

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने एक दर्जनलाई आइतबार पक्राउ गरेको छ ।

संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग गरी विद्युत् चोरी गरी उपभोग गर्दै गरेको अवस्थामा जिल्लाको कोचाबखारी, गोविन्दपुर, सखडा, इटहरी विष्णुपुर, बोरियाबाट एक दजर्न व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि करिब २८ जनालाई पक्राउ गरी प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले जरिवाना लिई छाडिएको विद्युत् प्राधिकरणले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share