शनिबार, मंसिर १८, २०७८

फरार अभियुक्त धमाधम पक्रदै प्रहरी

२४ जेष्ठ २०७३, सोमबार १७:१२

राजेन्द्र कार्की
जाजरकोट, २४ जेठ ।
३२ वर्ष अघि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट १० बर्ष कैद सजाय सुनाईएका जाजरकोट भेरीमालिका नगरपालिका २ डिगाका फरार अभियुक्त ८७ वर्षीय टेकबहादुर थापालाई प्रहरीले हालै पक्राउ गर्‍यो । उनले तत्कालीन जिल्ला पञ्चायत सभापति तत्तबहादुर कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए ।hathkadiत्यस्तै ३० वर्ष अघि कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले १० वर्ष कैद सजाय सुनाईएका भेरीमालिका नगरपालिका ७ का ७४ वर्षीय फरार अभियुक्त मानसिंह कामीलाई प्रहरीले सोमवार पक्राउ गर्‍यो । हत्या अभियोगमा जिल्ला अदालतले एक वर्ष ६ महिना सजाय सुनाएपछि मानसिंहले उक्त कैद भुक्तानी गरेपनि पुनः सर्वोच्वले जिल्ला अदालतको फैसला उल्टाउँदै १० वर्ष कैद सजाय गरेपछि फरार रहँदै आएका उनी पक्राउ परेका हुन् ।
त्यसैगरी १९ वर्ष अघि पुनरावेदन अदालतद्वारा कर्तब्य ज्यान मुद्दामा ९ वर्ष १ महिना ६ दिन कैद सजाय सुनाईएका अर्का फरार अभियुक्त जुगाथापाचौर २ का ६५ वर्षीय भीमबहादुर कामी पनि हालै पक्राउ परेका छन् । उनी पनि जिल्ला अदालतको फैसला अनुसार एक वर्ष कैद भुक्तान गरेर फर्किएका थिए तर पुनरावेदनको फैसलापछि उनी पनि फरार भएका थिए ।
टेकबहादुर, मानसिंह र भीमबहादुर तीनै जनालाई अव यो उमेरमा प्रहरीले के पक्रेला भन्ने लागेको थियो । त्यही भएर उनीहरु घरमै बसिरहेका थिए । जिल्ला सदरमुकाम र प्रहरी चौकी नजिक जाँदैनथ्यौ तर घरमा खोज्न अहिलेसम्म प्रहरी आएका थिएनन् टेकबहादुरले भने अपराधको सजाय ढिलो चाँढो काट्नै पर्दोरहेछ ।
उनीहरु मात्र होइन एक महिना यता जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले शुरु गरेको विशेष प्रहरी अभियानबाट २० जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हालसम्मका प्रहरी प्रमुखले फरार अभियुक्त पक्राउ गर्ने कुनै चासो नलिएता पनि हालका प्रहरी प्रमुख मल्लले पुराना मुद्दालाई खुवै चासो दिएर प्रहरी विशेष अभिभान नै चलाएको बताए । कानुन कार्यान्वयन गर्न र समाजमा अपराध गर्दा पनि केही हुदैन भन्ने विकृत मनोविज्ञानलाई चिर्न पनि आफुले जिल्लामा रहेका सवै फरार अभिभुक्तलाई पक्रने अभियान चलाएको बताए । अव थोरै संख्यामा मात्र फरार अभियुक्त छन् ती मध्ये केही भारत पलायन भएको प्रहरी नायव उपरीक्षक मल्ले बताए । ढिलो चाँढो अरु फरार अभियुक्त पनि कानुनको दायरामा ल्याउँछौ, उनले भने ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share