बुधबार, कार्तिक १०, २०७८

प्राज्ञ मास्केको निधनप्रति दुःख व्यक्त

३० भाद्र २०७३, बिहीबार १८:२१

काठमाडौँ, ३० भदौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले प्राज्ञ तथा सोसाइटी अफ मोडर्न आर्टस् (सोमा) का संस्थापक अध्यक्ष कर्णप्रसाद मास्केको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नाफा हस्तकला विभागका पूर्वप्रमुख मास्केको गए राति धरानस्थित बिपी कोइराला अस्पतालमा ७९ वर्षका उमेरमा निधन भएको थियो । तेह्रथुममा जन्मेका मास्के धरानमा बसोबास गर्दै आएका थिए ।

प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले मुलुकको ग्रामीण भेगमा हस्तकलाको विकासमा मास्केको ठूलो योगदान रहेको बताए । नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलबाट दीक्षा लिएका मास्केले देशमा आधुनिक कलाको विकास गर्ने उद्देश्यले सोमाको स्थापना गरी त्यसलाई क्रियाशील बनाएका थिए  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share