बिहिबार, माघ १३, २०७८

प्राकृतिक प्रकोपविरुद्ध एक जुट

२ असार २०७३, बिहीबार ०६:५९

बागलुङ, २ असार । बर्खायाममा निम्तिन सक्ने प्राकृतिक प्रकोपको मिलेर सामना गर्न सरोकार भएका सबै पक्ष एक जुट भएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकमा खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सबैले प्रतिबद्धता जनाए । सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, व्यवसायी, पत्रकार लगायतले आफ्ना जनशक्ति, स्रोधसाधन, सामग्री तयारी हालतमा राख्ने बताए ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप मनसुन पूर्वतयारीको काम अघि बढेको समितिका अध्यक्ष एवम् प्रजिअ भागीरथ पाण्डेयले बताए । उनले सबै कार्यालय, निकाय र मातहतका अङ्गलाई विपद्पछिको उद्धार, राहत, पुनः स्थापनका लागि तयार रहन निर्देशन दिइएको उल्लेख गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share