शनिबार, मंसिर १८, २०७८

प्रहरी भवन उद्घाटन

२४ जेष्ठ २०७३, सोमबार १४:०१

झापा, २४ जेठ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको परिसरमा निर्मित प्रहरी कर्मचारी ब्यारेकको पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले आज उद्घाटन गरे । चार बिघा १४ कट्ठा जग्गा क्षेत्रफल रहेको सो कार्यालयको परिसरमा रु नौ लाख लागतमा ७० जना प्रहरी अट्ने दुई वटा भवन निर्माण गरिएको छ ।

सो अवसरमा १५ प्रहरी कर्मचारी र नौ जना उद्योगीलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । प्रहरी नायब महानिरीक्षक श्रेष्ठले जनताको सेवामा अहोरात्र खटिरहने प्रहरीका लागि भौतिक सुविधा थपिँदा प्रहरी सेवा अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । कार्यालय परिसरमा विभिन्न जातका करिब ७० वटा वृक्ष पनि रोपिएका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share