शनिबार, मंसिर १८, २०७८

प्रहरी नियन्त्रणबाट सुनार फरार

१९ जेष्ठ २०७३, बुधबार ०६:४३

कञ्चनपुर, १९ जेठ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का मानव बेचबिखन मुद्दाका आरोपी वीरबहादुर सुनार मंगलबार प्रहरी नियन्त्रणबाट भागेका छन् ।

मानव बेचबिखनमा दोषी देखिएका सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सोधपुछका लागि बोलाइएपछि उनी भाग्दै भारतीय सीमामा पुगेका थिए । भाग्दै गरेको सुनारको पिछा गर्दै प्रहरी जवानसँग गएका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले सीमा नाका नाघ्दै गरेका बेला हवाई फायर गर्दै उनलाई पक्राउ गरी इप्रका पुर्‍याएका थिए ।
इलाका प्रहरी कार्यालय पुर्‍याइएका सुनारलाई उनका आफन्तले होहल्ला गर्दै भगाएको प्रहरी निरीक्षक सुनारले बताए । उनी भागेर भारततर्फ गएकाले खोजबिनको कार्य जारी रहेको उनले बताए । सुनारविरुद्ध २०६६ सालमा जिल्ला अदालत कञ्चनपुरमा मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share