मङ्लबार, असार २१, २०७९

प्रहरी उपरीक्षक बज्राचार्य मानव बेचबिखनविरुद्धको वर्ष हिरो

१८ असार २०७३, शनिबार ०८:१८

भक्तपुर, १८ असार । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार आयोजना भएको कार्यक्रममा उनलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको प्रहरी उपरीक्षक बज्राचार्यले  जानकारी दिइन् ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा उनलाई सो सम्मान प्रदान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएकी थिइन् ।

विसं २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना  भएकी उनी हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखमा रहेकी छन् ।

यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसकेका छन् । अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share