बिहिबार, माघ ६, २०७८

प्रहरीमा काज विकृति

२४ असार २०७३, शुक्रबार ०७:४०

काठमाडौं, २४ असार- महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो । तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन् । तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ । तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन् । तीमध्ये पनि डेढ सय काजमा छन् । परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन् । प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ ।

प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन् । अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् । तर, विकृति हटाउने प्रयास भएको छैन । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share