आइतवार, असार १९, २०७९

प्रहरीचौकीमा आक्रमण गरी एघार प्रहरीको हत्या

१७ जेष्ठ २०७३, सोमबार १७:५६

लासकार घा (अफगानिस्तान), १७ जेठ । अफगानिस्तानको हेलमान्ड प्रान्तको दक्षिणी भागमा अवस्थित एक प्रहरीचौकीमा आइतबार राति भएको आतङ्ककारी आक्रमणमा ११ अफगान प्रहरी मारिएका छन् ।

प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । तालिवान आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा ती प्रहरीहरुको ज्यान गएको सो स्रोतले जानकारी दिएको हो ।
गेरेस्क जिल्लाको वेजो क्षेत्रमा रहेको प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा रहेका आतङ्ककारीहरुले सो आक्रमण गरेका राष्ट्रिय प्रहरीका कमाण्डर मतुल्लाह दउलतजाईले बताएका छन् ।
यस दोहोरो झडपको क्रममा आठ प्रहरीको मत्यु हुनुको साथै अन्य सातजना घाइते भएका जनाइएको छ । यस आक्रमणमा परी सात प्रहरी वेपत्तासमेत भएका दउलतजाईले बताएका छन् ।
दउलतजाईका अनुसार यस दोहोरो झडपको कारण कैयौँ तालिवान आतङ्ककारी मारिनुको साथै घाइतेसमेत भएका छन् । तर यसको सङ्ख्या भने प्रष्ट भएको छैन ।
अफगानिस्तानको हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र हो । रासस÷एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share