बुधबार, मंसिर २२, २०७८

प्रहरीको रासन भत्ता तीन वर्षमा बढ्ने

१६ जेष्ठ २०७३, आईतवार ०६:५६

काठमाडौ १६ जेठ-प्रहरीको रासनभत्ता तीन–तीन वर्षमा बढाउन सिफारिस गरिएको छ । गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढा अध्यक्ष रहेको कार्यदलले रासन भत्ता तीन–तीन वर्षमा पुनरावलोकन गर्न सिफारिस गरेको हो । हाल हरेक वर्ष प्रहरीको रासनभत्ता बढ्दै आएको छ ।

वास्तविक लागतभन्दा धेरै रकम रासनमा खर्च भएको भन्दै अर्थ मन्त्रालयले रासनभत्ता घटाउन दबाब दिएपछि अध्ययन गर्न कार्यदल बनाइएको थियो । कार्यदलमा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालयका उपसचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसएसपीहरू सदस्य छन् ।

कायदलले दुई साताअघि गृहसचिव नारायण गोपाल मलेगोलाई प्रतिवेदन बुझाएको हो । सोही प्रतिवेदनका आधारमा सरकारले आगामी आर्थिक वर्षदेखि तीन–तीन वर्षमा प्रहरीको रासन भत्ता पुनरावलोकन गर्ने गरी योजना बनाउन लागेको छ । हाल हरेक जिल्लामा लागत अनुमानअनुसार नेपाल प्रहरी र सशस्त्रले रासन भत्ता पाउँदै आएका छन् ।

उस्तै जिल्लामा पनि फरक–फरक

तराईका सबैजसो जिल्लामा खाद्यान्नको मूल्य उस्तै–उस्तै छ । तर, प्रहरीले पाउने रासनभत्ता भने सबैजसो जिल्लामा फरक–फरक छ । हरेक जिल्लामा रासनभत्ताको सम्बन्धमा मूल्यांकन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति बनेको हुन्छ । सोही समितिले अनुमानका भरमा रिपोर्ट बनाउने भएकाले यस्तो समस्या देखिएको छ । जसलाई समायोजन गर्न पनि कार्यदलले सुझाब दिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share