मङ्लबार, असार २१, २०७९

प्रमुख निर्वाचन आयुक्त भेट्न पत्रकारलाई निषेध

१९ कार्तिक २०७३, शुक्रबार १४:१९

जुम्ला, १९ कात्तिक ।
जुम्लामा निर्वाचन शिक्षाका बारेमा स्थानीय सरोकारवालासँग छलफल गर्न आएका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई स्थानीय सञ्चारकर्मीलाई भेट्न निषेध गरिएको छ । निर्वाचन आयोग केन्द्रीय कार्यालयको परिपत्र अनुसार निश्चित व्यक्तिलाई भेट्न सक्ने गरी कार्यतालिका बनाइएकोले सञ्चारकर्मीले भेट्न नपाउने भएका हुन् ।

निर्वाचन कार्यालय जुम्लाका नायव सुब्बा अभिनन्द चौलागार्इंले केन्द्रको परिपत्र अनुसार मान्छे बोलाइएको भन्दै परिपत्र विपरित सहभागी गराउन नमिल्ने बताए । उनले भने, ‘जिल्लास्थित ४ वटा एफएम र एक पत्रकार महासंघलाई पत्र काटेका थियौं, अन्य सञ्चारकर्मीलाई समेट्न सकेनौ ।’

हिजै दिउँसो जुम्लामा पुगेका प्रमुख आयुक्त यादवलाई पत्रकार भेटघाट कार्यक्रम तालिकामै पार्न माग गरिएको थियो । निर्वाचन कार्यालय जुम्लाले मनोमानी रुपमा कार्यक्रम तालिका बनाएर सहभागी हुनुपर्ने अधिकांशलाई छुट्याएको आरोप स्थानीय सरोकारवालाले लगाएका छन् । पत्रकार महासंघ जुम्लाका केन्द्रीय पार्सद तथा कर्णाली सरोकार दैनिकका सम्पादक नेत्रबहादुर शाहीले कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी नदिनु विडम्बना भएको बताए । उनले भने, ‘प्रमुख आयुक्त जुम्ला पुगेको दुई दिन भइसक्दा पनि गोप्य राखिएको भन्दै आपत्ती जनाएका थिए ।’

जुम्ला हुँदै रारा जाने तालिका बोकेर आएका प्रमुख आयुक्त यादवसँग स्थानीय निकायको निर्वाचन र निर्वाचन आयोगले गरेको गतिविधिका बारेमा सञ्चारकर्मीहरुले सोधपुछ गर्ने प्रस्ताव रिर्पोटस क्लब नेपाल जुम्लाले गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share