शनिबार, माघ ८, २०७८

प्रधान सेनापतिद्वारा विभिन्न पुरस्कार प्रदान

१८ जेष्ठ २०७३, मंगलवार ०७:०६

काठमाडौं, १८ जेठ ।
नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७२” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित सभामण्डपमा आयोजित विशेष समारोहका बीच पुरस्कार वितरण गरेका छन् ।
“लघु चलचित्र प्रतियोगिता २०७२” मा प्रथम हुने देवेन्द्र पाण्डेको लघु चलचित्र “राष्ट्रको पहरेदार”, द्वितीय हुने सुरज पौडेलको लघु चलचित्र “लक्ष्य जिन्दगीको” र तृतीय हुने प्रतिश श्रेष्ठको लघु चलचित्र “नयां घर” लाई क्रमश एक लाख ५० हजार रुपैयाँ, एक लाख रुपैयाँ र पचास हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
साथै प्रतियोगितामा चौथो हुने विवेक पौडेलको लघु चलचित्र “अध्याय” र पाचौं हुने डेबिन राईको लघु चलचित्र “सिपाही” लाई सान्त्वना पुरस्कार स्वरुप जनही दश हजार र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगीताका सम्पुर्ण प्रतियोगीहरुलाई प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक २०७२” तथा “शिवपुरी जर्नल–२०१५” मा प्रकाशित लेखहरु मध्ये प्रथम, द्वितीय र तृतीय हुने लेखकहरुलाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार क्रमश: पचास हजार रुपैयाँ, पच्चीस हजार रुपैयाँ र पन्ध्र हजार रुपैयाँ प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद दश हजार रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो समारोहमा जंगी अड्डाका रथीबृन्द, प्राज्ञहरु, संचारगृहका प्रबद्र्धक र चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share