शनिबार, मंसिर १८, २०७८

प्रधानमन्त्री सुर्खेत आउँदै  

२३ जेष्ठ २०७३, आईतवार १८:३९

खबरइरा संवाददाता
सुर्खेत २३ जेठ ।
प्रधानमन्त्री के.पी. शर्मा वली यही २५ गते सुर्खेत आउने भएका छन् । नेकपा एमाले सुर्खेतले आयोजना गर्ने आमसभामा सम्बोधन गर्न सुर्खेत आउने भएका हुन् । आमसभा कार्यक्रममा १२ हजार भन्दा बढी मान्छे अटाउने टेन्ट र खानेपानीको ६ वटा धारा राखिने र शौचालय समेत व्यवस्था गरिने एमाले सचिव मोहन बडुवालले जानकारी दिए । संविधानसभा पश्चात कार्यक्रम हुन नसकेको अवस्थामा आमसभाको कार्यक्रमको आयोजना गरिएको सचिव बडुवालले जानकारी दिए । आमसभामा महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुको सहभागिता हुने नेकपा एमालेले जनाएको छ

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share