बिहिबार, माघ १३, २०७८

प्रधानमन्त्री र मन्त्रीको फुर्सद नभएपछि मन्त्रिपरिषद् बैठक स्थगित

२४ असार २०७३, शुक्रबार १२:२५

काठमाडौं, २४ असार । मन्त्रिपरिषद्को बैठक एजेण्डामा प्रवेशै नगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण जनाउँदै एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको हो। 

प्रधानमन्त्री ओली सरकारका सचिवहरुको धुलिखेलमा तय गरिएको कार्यक्रममा भाग लिन जानुपर्ने भएकाले तथा मन्त्रीहरु पनि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिन संसद् बैठकमा जानुपर्ने भएकाले बैठक आइतबार बस्ने गरी स्थगित गरिएको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।

बैठकमा सबैजसो मन्त्री सहभागी थिए। तर प्रधानमन्त्री ओलीले एजेण्डामा प्रवेश गर्दा बैठक लम्बिने तर आफूसँग समय नरहेको बताउँदै बैठक स्थगित गरेका हुन्।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share