आइतवार, अशोज ३१, २०७८

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किने

२ आश्विन २०७३, आईतवार ०८:४१

नयाँ दिल्ली, २ असोज । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किने भएका छन् । नेपाल वायु सेवा निगमको जहाजमार्फत प्रधानमन्त्री दाहालसहितको नेपाली प्रतिनिधि मण्डल दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

rss_images_1474119763760_hlktm_160917_pm-with-indian-ex-pm१ सय २५ सदस्यीय टोलीसहित भदौ ३० गते नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय समकक्षी नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न तीन सम्झौतामा हस्ताक्षर पनि भएको छ । भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुनर्निर्माणमा भारतीय अनुदानको सहयोग लगायत तीनबुँदे सम्झौता भएको थियो । साथै २५ बुँदे संयुक्त विज्ञप्तीसमेत जारी भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले हिजो हिमाञ्चल प्रदेशमा रहेको नाथ्पा झाँक्री बाँध निरिक्षण गरेका थिए । स्वदेश फर्किएलगतै प्रधानमन्त्री दाहाल व्यवस्थापिका संसदको संविधान दिवस विशेष कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share