मङ्लबार, कार्तिक ९, २०७८

प्रधानमन्त्री तराई जान सकेनन् , सिरहाको सभालाई टेलिफोन सम्बोधन

२७ भाद्र २०७३, सोमबार १७:५४

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सिरहा जान लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खराब मौसमका कारण जान नपाएपछि सो सभालाई टेलिफोनबाट सम्बोधन गरेका छन् । दोश्रो संविधानसभाबाट दाहाल निर्वाचित भएको निर्वाचन क्षेत्र सिराहा ५ बाट निर्वाचित भएका हुन् ।

दाहालले प्रधानमन्त्री भएपनि आफ्नो निर्वाचन क्षेत्रमा जाने भएपछि सिराहाको मिर्चैयामा आमसभा राखिएको थियो । खराब मौसमका कारण प्रधानमन्त्री दाहाल सिराहा जान नसकेपछि उनले सो सभालाई टेलिफोनमार्फत सम्बोधन गरेका हुन् ।

दाहालले करिब ४ मिनेट लामो सम्बोधन गरेका थिए । दाहालले सम्बोधनमार्फत भारत भ्रमण अगावै संविधान संशोधन गर्ने प्रयास गरे पनि नसकिएको र भारतबाट आउनासाथ संविधान संशोधनको प्रक्रिया अघि बढ्ने टेलिफोन सम्बोधनमा बताएका थिए ।

सभामा उनको निर्वाचन क्षेत्रबाहेक प्रदेश नम्बर दुईका सबै जिल्लाका माओवादी नेता तथा कार्यकर्ता भेला भएका थिए । मिर्चैयामा आयोजित आमसभालाई माओवादी नेता मातृका यादवले सम्बोधन गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share