शुक्रबार, कार्तिक ५, २०७८

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने : उपेन्द्र यादव

४ आश्विन २०७३, मंगलवार १८:५५

सोलुखुम्बु, ४ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

upendra_yadavरिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पनि मधेस समस्या उहाँबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

अध्यक्ष यादबले मधेसी नागरिकको समस्या समाधान गर्नु बर्तमान सरकारको पहिलो प्राथामिकता रहेको बताउँदै त्यसका लागि अहिलेसम्म संविधान संशोधनका प्रक्रिया सुरु नहुँदा मधेसी नागरिकमा नैराश्यता छाएको भएपनि अन्ततः यही सरकारले संविधान संशोधन गरी मधेसीको हकअधिकार सुरक्षित गर्ने विचार व्यक्त गरे ।

संविधानमा संशोधन गरी मधेसको समस्या समाधान नभएसम्म मुलुकमा चुनावको प्रक्रिया सुरु हुनै नसक्ने पनि उनले दावी गरे ।

यसैगरी सोलुखुम्बुका शेर्पा समुदाय तथा सङ्घीय समाजबादी फोरमका कार्यकर्ताको दुईदिने प्रशिक्षणका क्रममा यादवले शेर्पाको पहिचनयुक्त प्रदेशको स्थापना जसरी पनि हुने बताए ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share