बिहिबार, माघ १३, २०७८

प्रधानमन्त्रीद्वारा श्रेष्ठको पुस्तक लोकार्पण

३ असार २०७३, शुक्रबार ११:५३

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति छिमेकी मुलुक चीनको सदैव अत्यन्त सहयोगी र सकारात्मक दृष्टिकोण रहेको बताएका छन् ।

नेपाल चीन समाजद्वारा प्रकाशित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक अंग्रेजी कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानमा आधारित रहेको बताए ।

उनले हालै आफूले गरेको चीन भ्रमणबाट दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको र नेपालले ठूला तथा विकसित मुलुकबाट निरन्तर सहयोग र सकारात्मक दृष्टिकोणको अपेक्षा गरेको उल्लेख गरे । उक्त कृति ५६६ पृष्ठको छ ।

प्रधानमन्त्री ओलीले श्रेष्ठको पुस्तकबाट दुई देशको बहुआयामिक सम्बन्धमाथि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा श्रेष्ठको सोही पुस्तक माथिको भीम विराग फाउन्डेसनद्वारा प्रकाशित समीक्षा ‘द फाउन्टेन अफ रिभ्युज अन सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक कृति पनि लोकार्पण गरियो ।

तुलसी थापाद्वारा सम्पादित सो पुस्तक श्रेष्ठको पुस्तकमा आधारित समीक्षात्मक कृति हो । यो पुस्तक १०४ पृष्ठको छ । नेपालका लागि चीनका राजदूत ऊ चुन्ताई, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तलगायतले किताब तथा दुई देशबीचको सम्बन्धका बारेमा समीक्षा गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share