शुक्रबार, कार्तिक ५, २०७८

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

३ आश्विन २०७३, सोमबार ०६:४०

काठमाडौं, ३ असोज- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमण रद्द गरेका छन् । संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार बेलुकी अमेरिका जाने कार्यक्रम तय भएको थियो ।

चारदिने भारत भ्रमणबाट फर्केको भोलिपल्टै प्रधानमन्त्री एक साता लामो अवधिका लागि अमेरिका जान लागेका थिए । संविधानप्रति विमति जनाउ“दै आएका मधेसी, थारूलगायतका पक्षलाई समेटेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र संविधान सर्वस्वीकार्य बनाउ“दै कार्यान्वयनमा लैजाने प्रतिबद्धतालाई गति दिन भन्दै प्रधानमन्त्रीले अन्तिम समयमा भ्रमण रद्द गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।

‘देशभित्र मधेसी थारूलगायत विभिन्न पक्षले अमेरिका भ्रमण स्थगित गरी देशभित्रकै समस्या समाधान गर्नुपर्ने आवाज उठाइरहेकाले त्यसलाई मध्यनजर गरी प्रधानमन्त्रीले आफ्नो भ्रमण रद्द गर्नुभएको छ,’ महराले नयाँ पत्रिकासँग भने । राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भने नयाँदिल्लीबाट शनिबार राति नै अमेरिका प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्रीले भ्रमण रद्द गरेकाले अब महतले नै नेपालको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रसंघको ७१औँ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

यस्तै प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग पनि भेटघाट गर्ने लगभग तय थियो । अब प्रधानमन्त्रीले संविधान संशोधनमा राजनीतिक दलहरूसँग सहमतिको प्रयासका लागि भूमिका खेल्ने प्रमुख स्वकीय सचिव महराले बताए । प्रधानमन्त्रीले आफ्नो भ्रमण स्थगनबारे सत्तासाझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत जानकारी दिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share