बुधबार, मंसिर २२, २०७८

प्रदेश कमिटी बनाउन एमालेमा गृहकार्य

२५ जेष्ठ २०७३, मंगलवार ०६:४०

काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउन गृहकार्य गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको एमाले स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको संयोजक र सदस्यको चयनको विस्तृत मापदण्ड बनाई तीन दिनभित्र पेस गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । सङ्गठन विभागले तयार गरेको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पेस हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केही सदस्यले पदाधिकारीलाई प्रदेशको संयोजक बनाउनुपर्ने भनाई राखे भने केहीले स्थायी कमिटीका सदस्यबाट संयोजक बनाउनुपर्नेमा जोड दिए ।
यसअघिको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटीको मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share