शुक्रबार, कार्तिक ५, २०७८

प्रदर्शनका क्रममा कंगोमा १७ जना मारिए

४ आश्विन २०७३, मंगलवार १६:२३

कंगो, ४ असोज । कंगोमा राष्ट्रपति जोसेफ काविलाको राजिनामाको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

झडपका क्रममा ३ जना प्रहरी अधिकारी पनि मारिएका छन् भने एक जनालाई जिउँदै जलाइएको जनाइएको छ ।
विपक्षी समुहले भने प्रदर्शनका क्रममा ५० जना मारिएको दावी गरेको छ । हिम्सात्मक झडपमा परी मृत्यु भएका मानिसहरुको शव सडकको यत्रतत्र छरिएको समाचारमा जनाईएको छ । प्रहरीले १० जना प्रदर्शनकारीलाई अपहरण गरेको उल्लेख गरिएको छ ।

निर्वाचान आयोगले आगामी नोभेम्बरका लागि राष्ट्रपतिय निर्वाचनको आव्हान गरेपनि राष्ट्रपति काविलाले भने निर्वाचन सम्भव नभएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share