सोमवार, असार १३, २०७९

प्रतिस्पर्धाको वातावरण बनाउन नेवि सङ्घका नेताको माग

४ असार २०७३, शनिबार २०:१०

काठमाडौँ, ४ असार । नेपाल विद्यार्थी सङ्घको आसन्न महाधिवेशनमा विद्यार्थीलाई स्वच्छ र स्वस्थ रुपमा प्रतिस्पर्धाको वातावरण बनाउन पार्टी नेतृत्वसँग माग गरिएको छ ।

सो सङ्घले शनिबार आयोजना गरेको अन्तक्र्रियामा अध्यक्षको पदका लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारले पार्टीका केन्द्रीय नेताले भागबन्डा मिलाएर अधिवेशन गर्न खोजे ठूलो दुर्घटना हुने चिन्ता व्यक्त गरे ।

अहिलेसम्म पार्टीको लविङको नेतृत्व मात्रै भएकाले नेविसङ्घको उम्मेदवार कोही पनि हुन नसकेको सहभागी नेताको भनाइ थियो ।

विभिन्न ११ जिल्लामा अझै पनि सङ्गठनको अधिवेशन हुन नसकेको र अन्य तयारी नभएको अवस्थामा साउन २३ गतेका लागि तय भएको सङ्घको अधिवेशन हुनेमा विद्यार्थी नेताले आशङ्का व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थी नेताले अबको सङ्घको एजेन्डा राजनीतिक नभई शैक्षिक आन्दोलन हुनुपर्नेमा जोड दिँदै मुलुकको शिक्षा नीतिमा परिवर्तन र शिक्षामा प्रत्येक विषयका लागि रिसर्च सेन्टर स्थापना गरेर शिक्षालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी कुन्दन काफ्ले, दीपक भट्टराई, शुभराम बस्नेत, क्षितिज भण्डारी, नैनसिंह महर सहभागी थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share