शनिबार, माघ ८, २०७८

प्रजातन्त्रवादी प्रध्यापक संघको ११ सदस्यले केन्द्रीय समिति बैठक बहिष्कारको घोषणा

२७ जेष्ठ २०७३, बिहीबार १०:१५

काठमाडौं । महाधिवेशनको मुखमा विवाद उत्पन्न भएपछि महाधिवेशन स्थागित भएको प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय समितिको बैठक असंतुष्ट पक्षले बहिष्कार गरेका छन् । केन्द्रीय प्रतिनीधि र साधारण सदस्यता सम्बन्धी विवादका कारण आजबाट पोखरामा हुने केन्द्रीय समितिमा रहेका २५ सदस्य रहेको संघको कार्यसमितिमा ११ सदस्यले बहिष्कार गरेको छ । जेठ २७ र २८ गते गर्ने भनिएको संघको अधिवेशन विवाद चुलिएपछि अनिश्चित कालको लागि स्थगित भएको थियो । केन्द्रीय प्रतिनिधिको विषयमा पटकपटक असन्तुष्टि राख्दै आएको असन्तुष्ट पक्षले भने केन्द्रीय समितिको बैठक समेत बहिस्कार गर्ने घोषणा गरेको छ । असन्तुष्ट पक्षले बहिस्कारको घोषणा गरेकै कारण निर्वाचन समेत अनिश्चित कालको लागि स्थगित भएको संघको केन्द्रीय समिति बैठक समेत बहिस्कार गर्ने गरी ११ जना सदस्यको नाम सहित बुधबार असन्तुष्ट पक्षले विज्ञप्ती जारी गरेको छ । विज्ञप्ती जारी गर्दै असन्तुष्ट पक्षले विवादित विषय टुङ्ग्याउनको लागि छलफल जारी गर्नुपर्नेमा त्यसो नगरी केन्द्रीय समिति बैठक बोलाएको भन्दै बैठकमा उपस्थित नहुने घोषणा गरेको हो । यो विज्ञप्तीसँगै प्रजातन्त्रवादी प्राध्यापकहरूको चुलिएको विवाद अझै साम्य नभएको स्पष्ट भएको छ । असन्तुष्ट पक्षले भने गहन छलफल गरेर सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य नै नरहको बताएको छ । विज्ञप्तीमा हस्ताक्षर समेत गरेका संघका कोषाध्यक्ष डा. विष्णु पोखरेलले असन्तुष्टको माग पूरा गर्न भन्दा पनि पेलेरै निर्वाचन गराउनको लागि अर्को पक्ष तल्लीन रहेकोले आफूले केन्द्रीय समिति बैठक बहिस्कार गर्ने घोषणा गर्नुपरेको जानकारी दिए । उनले वार्ता र छलफलबाट समस्याको समाधान गरेर मात्रै अगाडि बढ्न पनि अर्को पक्षलाई सुझाव दिए । यसरी महाधिवेशनको कुरादेखि केन्द्रीय समिति बैठकमा समेत दुई ध्रुब बनेपछि संघको आगामी भविष्यबारे नै चिन्ता बढ्न थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share