सोमवार, असार १३, २०७९

प्याब्सन यु–१६ बास्केटबल अर्को हप्ता

२२ असार २०७३, बुधबार ०८:०२

काठमाडौँ, २२ असार ।

सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ ।

काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई विभिन्न आठ समूहमा विभाजन गरी ‘लिग कम नकआउट’का आधारमा खेल खेलाइने कार्यक्रम छ । प्रत्येक समूहको विजेता र उपविजेता प्री–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

फन भ्याली प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् । प्रतिभाको पहिचान गर्ने र देश–विदेशमा हुने उमेर समूहको प्रतियोगितामा प्रतिनिधित्व गर्न अवसर प्रदान गर्ने उद्देश्यले उमेर समूहको प्रतियोगितामा जोड दिइएको काठमाडौँ प्यााब्सनका अध्यक्ष थकिनकुमार गुरुङले बताए।

नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको फाइनल खेल आगामी साउन ६ गते हुनेछ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share