सोमवार, मंसिर २०, २०७८

पोलिटव्यरोको टुङगो लाग्ने

२० जेष्ठ २०७३, बिहीबार १०:०२

काठमाडौं, २० जेठ ।
नेकपा माओवादी केन्द्रले प्रतिस्पर्धी दलहरुका केन्द्रीय समितिकै जस्तै ठुलो आकारमा स्थायी समिति बनाउने भएको छ । पेरिसडाडाँमा बिहान बस्ने पोलिटव्युरो बैठकमा ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिटब्यरो बनाउने तयारी गरेको माओवादी केन्द्र निकटको भनाई छ । तेस्रो पटक एकता प्रक्रियामा आएको माओवादीले ठुलो सदस्यीय समिति निर्माण गर्न लागेको हो ।
९ सय ९९ केन्द्रीय समिति निर्माण गरेको माओवादीले विभिन्न समिति तथा भातृसंस्थाहरुमा पनि आकार बढाउँदै जाने जनाएको छ । बैठकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस विषयलाई पेश गर्ने कार्यक्रम रहेको छ । केन्द्रले पोटिलव्यरोको संख्यामा थपघट गर्न सक्ने बताएको छ । माओवादी विधानअनुसार केन्द्रीय समितिको एक तिहाइ सदस्य पोलिटब्यरो हुने, त्यसको एक तिहाइ सदस्य स्थायी समिति रहने प्रावधान छ ।
केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता प्रक्रिया सकिएपछि मात्रै पुनर्गठन सुरुहुने बताउनुभयो । यसैबिच—माओवादी केन्द्रको आजको पोलिटब्यरो बैठकमा अध्यक्ष बाहेकका पदाधिकारी व्यवस्थापन गर्ने भनिए पनि केही सातालाई धकेलिने बताइएको छ । वरिष्ठता विवादका कारण पदाधिकारी चयन हुन नसकेको नेताहरुको भनाई छ ।
एकिकृत नेकपा माओवादीले दाहल पक्षका नारायणकाजी श्रेष्ठलाई दोस्रो नेताकारुपमा राख्ने प्रस्ताव गरेका छन् भने्, रामबहादुर थापा पक्षका केहि नेताहरुले थापानै दोस्रो नेताको बरियतामा राखिनुपर्ने अडानमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share