सोमवार, मंसिर २०, २०७८

पेट्रोलियम पाइपलाइन प्रक्रिया अघि बढ्ने

२२ जेष्ठ २०७३, शनिबार ०६:५८

काठमाडौ २२ जेठ-औपचारिक सम्झौता भएको करिब १० महिनापछि रक्सौल-अमलेखन्ज पेट्रोलियम पाइपलाइनको निर्माण प्रक्रिया पुनः अघि बढ्ने भएको छ । झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माण सम्बन्धमा भदौ ७ गते औपचारिक सम्झौता भएको थियो । त्यसलगत्तै असोजमा भएको नाकाबन्दीले निर्माण प्रक्रिया अन्योल बनेको थियो । अनौपचारिक रूपमा बन्द भएको नाका अनौपचारिक रूपमै खुला भएपछि अहिले निर्माण प्रक्रिया पुनः अघि बढाउन लागिको हो । कान्तिपुर दैनिकमा खबर छ ।

नेपाल आयल निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेका अनुसार पाइपलाइन र आपूर्तिका विषयमा थप छलफल गर्न आपूर्ति मन्त्रालय र निगमको टोली भारत जाने तयारीमा छ । टोली सम्भवतः जुन ६ -जेठ २४) गते भारत जाने छ । टोलीले भारतीय आयल कर्पोरेसन्स -आईओसी) का अधिकारीहरूसँग छलफल गर्ने निगमले जनाएको छ । ‘थप छलफलका लागि जुन ६ मा मन्त्रालय र निगमको टोली भारत जाने तयारी हुँदै छ,’ प्रवक्ता घिमिरेले भने, ‘टोलीले पाइपालइनसँगै आपूर्तिको विषयमा आईओसीका कर्मचारीहरूसँग छलफल गर्ने छ ।’ टोलीमा आपूर्ति सचिव श्रीधर सापकोटा, सहसचिव उत्तमप्रसाद नागेला, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडका, निमिक्त नायब कार्यकारी निर्देशक सुशील भटराई र निर्देशक मुुकुन्द घिमिरे रहने छन् ।

घिमिरेका अनुसार त्यसक्रममा निगम र आईओसी सहितको सुपरिवेक्षण समिति बनाइने छ । समितिले निर्माणसम्बन्धी कार्यको अध्ययन/नियमन/अनुसन्धान गर्ने छ । आपूर्तिसचिव श्रीधर पौडेलले निर्माण प्रक्रियाको सुरुवात भएको बताए । प्रोजेक्ट सुपरिवेक्षण समितिका लागि अफिस खोल्ने तयारी भइरहेको बताए । अफिसले वन, भूमि सुधारको विषय हेर्ने छ । ‘समितिमा निगम र आईओसीका तर्फबाट ४/४ जना कर्मचारी हुने छन् । त्यसपश्चात काम बिस्तारै अघि बढ्ने छ,’ सचिव सापकोटाले भने, ‘प्रक्रिया सुरु भइसकेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share