शनिबार, मंसिर १८, २०७८

पूर्वी भारतमा चट्याङबाट एघारको मृत्यु

२० जेष्ठ २०७३, बिहीबार ०६:३२

नयाँ दिल्ली, २० जेठ ।

भारतको पूर्वी राज्य उडिसामा चट्याङका कारण बुधबार कम्तिमा ११ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
घटनामा दुई जना सख्त घाइते भएको बताइएको छ ।
उडिसा राज्यको राजधानी भूवनेश्वरको बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसो चट्याङ पर्दा सो दुर्घटना भएको हो ।
मयुभम्जमा चट्याङबाट घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
उडिसा राज्यका विभिन्न भागमा मेघगर्जनसहित विगत दुई दिनदेखि अविरल वर्षा भइरहेको र आगामी २४ घण्टा मौसममा सुधार नआउने बताइएको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share