शुक्रबार, कार्तिक ५, २०७८

पूर्वमन्त्री गुप्ता पक्राउ

२१ भाद्र २०७३, मंगलवार ०७:२२

काठमाडौँ, २१ भदौ । पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको ताल्छिखेल बस्दै आउनुभएका गुप्तालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ललीतपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इश्वर कार्कीका अनुसार गुप्तालाई प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ ।

ललितपुरका एक उद्यमीसँग गुप्ताले रु ५० लाख रकम माग गरेको र नदिएमा अपहरण गर्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको देखिएको छ । पूर्वमन्त्री गुप्ता अपहरणकै मुद्दामा लामो समय जेल सजाय भोगेर केही समय अघि रिहा भएका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share