शुक्रबार, कार्तिक ५, २०७८

पूरा भयो १०८ चौतारी बनाई वरपीपल रोप्ने चन्द्रबहादुरको सपना

३ आश्विन २०७३, सोमबार ११:०५

बेनी (म्याग्दी), ३ असोज । सामान्य लेखपढसम्म गर्नसक्ने म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा १०८ वटा चौतारी बनाई ती चौतारीमा वरपीपलका बिरुवा रोपेर जिल्लामा उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुरले वनजङ्गलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा गरी १०८ वटा चौतारी बनाई वरपीपलका बिरुवा रोपेका हुन ।

दुई वर्ष अघिदेखि सुरु गरेको सो अभियानमा भदौ मसान्तसम्ममा १०८ वटा चौतारी बनाई ती सबैमा वरपीपल र समीका बिरुवा रोपेको कार्कीले बताए ।

उनले सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल र समीका बिरुवा रोपेको जानकारी दिए । उनले बेनीको मङ्गलाघाटमा कृषिउपल खरिद बिक्री केन्द्र, किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आएका छन् ।
छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउन नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ” ५३ वर्षीय कार्कीले भने ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share