शुक्रबार, कार्तिक ५, २०७८

पुनःसंरचनाका लागि सबै दल एकजुट हुनुपर्ने : राज्यमन्त्री जवेगु

२० भाद्र २०७३, सोमबार ११:४९

इलाम, २० भदौ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनःसंरचनाको काम अघि बढ्न नसक्ने बताएका छन् ।

प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले राज्य पुनःसंरचना अहिलेको आवश्यकता भएकाले सकेसम्म छिटो सबैले आ–आफ्ना तर्फबाट राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आह्वान गरे ।

राज्यमन्त्री जवेगुले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरेपछि राजनीतिक दलको सहमतिका आधारमा स्थानीय तह पुनःसंचनाको विवाद समाधान हुने बताए । उनले स्थानीय निकायको निर्वाचनको तयारी सरकारले गरिरहेको जानकारी दिए ।

पत्रकार भेटघाटपछि जिविस र इलाम नगरपालिकाको संयुक्त आयोजनामा भएको कर्मचारी भेटघाटमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले इलाम नगरपालिकाको खानेपानी समस्या, शीतभण्डार सञ्चालन र सुकिलुम्बा विमानस्थल चाँडोभन्दा चाडो निर्माणका लागि पहल गरिदिन राज्यमन्त्री जवेगुसँग आग्रह गरे ।

स्थानीय विकास अधिकारी मदन कोइरालाले जिल्लाको समस्या, चुनौती, जिविसले गरेको प्रगतिको विषयमा जानकारी दिँदै सडक क्षेत्राधिकार मापदण्ड विवाद अन्त्यका लागि पहल गरिदिन आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share