बिहिबार, माघ १३, २०७८

पुनःनिर्माण तथा पुनःस्थापनामा रु एक अर्ब

३१ असार २०७३, शुक्रबार १८:४२

काठमाडौँ, ३१ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आगामी आव २०७३। ०७४मा पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि रु एक अर्ब ४४ करोड बराबरको दुई हजार १७३ आयोजना प्रस्ताव गरेको छ । 

Ministry-of-Peaceचालु आवमा भने सोही शीर्षकमा एक हजार ४५० आयोजनाका लागि रु एक अर्ब ३२ करोड छुट्याइएको थियो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत भने तीन हजार ९८९ आयोजना प्रस्ताव गरी रु ६१ करोड ५५ लाख विनियोजन गरेको जानकारी दिइयो । चालु आवमा सोही कार्यक्रमअन्तर्गत विभिन्न एक हजार ४५० आयोजनाका लागि रु एक अर्ब ३२ करोड छुट्याइएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव सर्वजितप्रसाद महतोले ‘शान्ति’ नामक कृति सार्वजनिक गर्दै दशवर्षीय सशस्त्र द्वन्द्वमा मारिएका, घाइते तथा बेपत्ता पारिएकाहरुका आफन्तलाई न्याय दिलाउनुपर्नेमा जोड दिए । द्वन्द्वका पीडितलाई विभिन्न कार्यक्रम मार्फत सहयोग उपलब्ध गराइएका कारण द्वन्द्व व्यवस्थापनका क्षेत्रमा सरकार सफल भएको विचार उनले व्यक्त गरे ।

कृतिमा ऐन, नियम निर्देशिका तथा मार्गदर्शन एवं लेखरचना तथा चालु आवका दोस्रो चौमासिक अवधिसम्मका लागि गर्न लागिएका मुख्य काम समावेश गरिएको छ । मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले तत्कालीन समयमा भत्काइएका तथा जीर्ण विद्यालय, भवन तथा जिल्ला प्रशासन कार्यालयमध्ये करिब तीन हजार भौतिक संरचनाको पुनःनिर्माण भएको जानकारी दिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव महेश शर्मा पौड्यालले बेपत्ता पारिनु जघन्य अपराध हो, दोषीलाई क्षमादान र माफी हुँदैन भन्दै अभियुक्तविरुद्ध मुद्दा चलाउन सिफारिस गरिने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share