सोमवार, मंसिर २०, २०७८

पिस प्वाइन्टलाई उपाधि

२३ जेष्ठ २०७३, आईतवार १६:१७

काठमाडौं, २३ जेठ । प्रथम ललितपुर जिल्लाव्यापी पिस प्वाइन्ट तेक्वान्दो प्रतियोगिताको उपाधि पिस प्वाइन्ट स्कुलले जितेको छ । जितेको छ । ६ स्वर्ण, २ रजत र ३ कांस्यसाथ पिस प्वाइन्ट टिम च्याम्पियन बन्यो ।
इमाडोलस्थित आयोजककै हातामा भएको प्रतियोगितामा समान ४–४ स्वर्ण, रजत र कांस्य हात पारेको स्टार तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थालमा रहेको ललित तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त गर्‍यो ।
प्रतियोगिताको पुरुषमा पिस प्वाइन्टका अंकित कार्की तथा महिलामा स्टारकी सुप्रिया लामा दोङ उत्कृष्ट खेलाडी घोषित भए । दुईदिने प्रतियोगितामा १ सय २३ खेलाडीले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक राजेश लामाले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share