बुधबार, कार्तिक १०, २०७८

पासपोर्ट छुटेपछि सुडान पुगेका २३२ सैनिक फर्किए

३० भाद्र २०७३, बिहीबार ०६:५१

काठमाडौं, ३० भदौ- संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किएको छ ।

दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट लिएर बुधबार बिहानै फेरि जुबाका लागि प्रस्थान गरेका छन् । शान्ति मिसनमा जाने सैनिक अधिकारीको पासपोर्ट तथा राष्ट्रसंघको मनोनयनपत्र राखिएको झोला विमानस्थलस्थित सेनाको बाहिनीमै छुटेको थियो ।

पासपोर्ट नै नभएपछि दक्षिण सुडानले प्रवेश नदिने अडान लिएपछि दुई सय ३२ जना सैनिकलाई लिएर उक्त जहाज फेरि काठमाडौं आएको थियो ।

पासपोर्ट लिएर गएपछि उनीहरूले दक्षिण सुडानमा प्रवेश पाएका छन् । राष्ट्रसंघकै विमानमा शान्ति सैनिक मंगलबार दिउँसो जुबाका लागि उडेका थिए ।

टोली इन्चार्जको चरम लापरबाहीले पासपोर्ट भएकै झोला काठमाडौंमा छुटेको हो । शान्ति मिसनमा जाने सैनिक अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच हुँदैन ।

सेनाको बाहिनीतर्फबाट उनीहरू सिधै विमानमा प्रवेश गर्छन् । सोही कारण दक्षिण सुडान पुगेर पासपोर्टको झोला खोज्दा मात्र काठमाडौंमै रहेको थाहा पाएका हुन् । घटनाको विषयमा छानबिन सुरु भएको नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिए ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share