बुधबार, माघ ५, २०७८

पानीमा डुबेर किशोरको मृत्यु

४ असार २०७३, शनिबार १९:२८

दाङ, ४ असार । दाङको घोराही नजिकै सेवार खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । घोराही–११ जानकी टोल निवासी १४ वर्षीय अनिल नेपालीको आज पौडी खेल्दै गर्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेवार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको कल्भर्टमा डुबेर शनिबार नेपालीको मृत्यु भएको हो । बिहान घरबाट बजार जान्छु भन्दै निस्किएका किशोरको करिब ३ बजेतिर खोेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share