सोमवार, मंसिर २०, २०७८

पाकिस्तानमा मस्जिद भत्किँदा पाँच जनाको मृत्यु, पचपन्न घाइते

२८ जेष्ठ २०७३, शुक्रबार २०:३४

इश्लामाबाद, २८ जेठ । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणधीन एक मस्जिद शुक्रबार भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् । घटनामा ५५ जना घाइते भएका छन् ।

कराँचीका प्रशासक लाइका अहमदले स्थानीय मुश्लिम धर्मावलम्बीहरु उस्मा घानी मस्जिदमा जम्मा भई शुक्रबारको प्रार्थना गरिरहेका बेला एक्कासी मस्जिदको छाना खसेपछि उक्त दुःखद घटना भएको बताएका थिए ।
उनले छाना के कारण खस्न पुग्यो भन्नेबारे छानबिनपछि थाहा हुने भन्दै थप स्पष्टीकरण भने दिन अस्वीकार गरेका छन् ।
यद्यपि स्थानीय समाचार माध्यमले भने शुक्रबार मस्जिदको भारबहन क्षमताभन्दा बढी मानिस त्यहाँ जम्मा भई प्रार्थना गर्ने क्रममा दुर्घटना भएको थियो ।
कराँचीको उत्तरी नाजिमावाद इलाकामा प्रायः जम्मा हुनेभन्दा बढी मानिस रमादानको प्रार्थनामा उपस्थित भएका स्थानीय प्रत्यक्षदर्शीले बताए । घटनामा घाइते हुनेमा साना बालबालिका समेत परेका र उनीहरुलाई कराँचीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनापछि तत्कालै मस्जिदमा उद्धार टोली पुगी घाइतेजनलाई अस्पताल पुर्‍याइएको थियो । मस्जिदको भग्नावशेषभित्र अरु पनि परेको हुनसक्ने स्थानीयले बताएपछि उक्त अवरोधलाई हटाउने कार्य भइरहेको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share