बुधबार, माघ ५, २०७८

पाकिस्तानमा बाढी, ४३ जनाको मृत्यु

२० असार २०७३, सोमबार ०७:३३

इस्लामाबाद, २० असार ।

पाकिस्तानको उत्तरपश्चिम प्रान्त पाख्तुनख्वाको चितराल जिल्लामा आएको बाढीमा परी मृत्यु हुने व्यक्तिको संख्या बुधबार ४३ पुगेको छ ।

यस बाढीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने कैयौें सङ्ख्यामा व्यक्ति वेपत्ता भएका अधिकारीले आइतबार बताएका छन् ।

खैबर पाख्तुनख्वा प्रान्तका चितराल जिल्लाको उरसुन गाउँमा आएको यस बाढीमा परी एक मस्जितलगायत ३० वटा घर बगाएको सो जिल्लाका मेयर मघफिरात हुसेनले बताउनुभएको छ । यो गाउँमा करीब १०० परिवार बसोबास गर्दै आएकामा अधिकांश बाढीका कारण बिस्तापित भएका प्राप्त समाचारमा उल्लेख छ ।

अफगानिस्तान र पाकिस्तानको सीमानजिकै आएको यस बाढीमा ३५ व्यक्ति गम्भीर घाइते भएका ३१ जना बेपत्ता भएका उर्दु टेलिभिजन च्यानलले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले उद्धारकार्य जारी राखेका छन्, तर अबिरल परिरेहेको वर्षाको कारण उद्धारकार्यमा भने कठिनाई आएको बताइएको छ ।

रासस/एएफ्पी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share