मङ्लबार, असार २१, २०७९

पाँच दिने भ्रमणका लागि कांग्रेस सभापति देउवा भारत प्रस्थान

१९ कार्तिक २०७३, शुक्रबार १२:२१

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन शुक्रवार भारततर्फ प्रस्थान गरेका छन् । सभापति देउवा शुक्रवार नै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने कार्यक्रम रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । deuba-aarajuफाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेस आईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्र रहेको छ ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिने पनि कार्यक्रम रहेको स्वकीय सचिव देउवाले बताए । सभापति देउवाका साथ धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी छन् । सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share