शनिबार, मंसिर १८, २०७८

पहिलो पूर्ण सरसफाइयुक्त गाविस घोषणा हुने

२० जेष्ठ २०७३, बिहीबार ०९:०१

तनहुँ, २० जेठ ।

थप्रेक गाउँ विकास समिति जिल्लाकै पहिलो पूर्ण सरसफाइयुक्त गाविस घोषण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गाविसका सबै वडा पूर्ण सरसफाइयुक्त घोषित भइसकेकोले उक्त गाविसलाई नै पूर्ण सरसफाइयुक्त घोषणा गर्न लागिएको हो ।

यही जेठ २४ गते स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले थप्रेकलाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गर्ने निश्चित भएको छ । यसअघि थप्रेकको सरसफाइको अवस्थाको बारेमा पटक–पटक अनुगमन भइसकेको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गाविसलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्नका लागि योग्य वा अयोग्य भएको सिफारिस गर्न जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरेको थियो । सचिवालयले स्थलगत अवलोकन गरी गाविसलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न सिफारिस गरेको थियो ।
तनहँुलाई सन् २०१७ सम्म पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने उद्देश्यअनुरुप थप्रेकलाई पहिलो पूर्ण सरसफाइयुक्त गाविस घोषणा गर्न लागिएको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सचिवालय संयोजक सुनिल पाण्डेले जानकारी दिनुभयो । हालसम्म जिल्लाको थप्रेक र सतिस्वाँरा गाविसका सबै वडा पूर्ण सरसफाइयुक्त घोषणा भइसकेका छन् । त्यस्तै, घाँसीकुवाको एक, भिरकोटको एक र फिरफिरेको जनशिशुकल्याण निमाविको विद्यालय क्षेत्र सरसफाइयुक्त घोषणा भइसकेका छन् ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share