बुधबार, मंसिर २२, २०७८

पहिरो जाँदा विद्युतगृह क्षतिग्रस्त

३१ जेष्ठ २०७३, सोमबार ०९:०८

जुम्ला, ३१ जेठ ।
यहाँको मालिकाबोता गाविस–९ स्थित साना जल विद्युत् आयोजनाअन्तर्गत बनेको विद्युत्गृह पहिरोका कारण क्षतिग्रस्त भएको छ । पहिरो तीन दिनअघि राति १२ बजेतिर गएको र त्यसले सिङ्गो विद्युत्गृहमा नै क्षति पु¥याएको स्थानीय शेरबहादुर रावतले जानकारी दिए पहिरो गएबाट अहिले मालिकाबोता गाविस नै अन्धकारमय भएको रावतको भनाइ छ ।
पहिरोले विद्युत् सेवा नै बन्द गरेपछि स्थानीयवासी मर्कामा छन् । विद्युत्ले गर्दा स्थानीयस्तरमा सञ्चालनमा आएका सबैखाले साना उद्योग तथा अन्य काम बन्द अवस्थामा रहेका छन् । यो सेवाबाट हाल ३५० घरधुरीका एक हजार ८०० जनता अध्यारोमा बस्न बाध्य भएका छन् । २५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना २०४६ सालमा रु २९ लाखको लागतमा निर्माण गरिएको थियो । क्षतिग्रस्त विद्युत् निर्माणका लागि जिल्लास्थित सबै सरोकारवालाको ध्यानाकर्षण गरिएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share