सोमवार, असार १३, २०७९

पहिरो खसेर छ जना बेपत्ता

२१ असार २०७३, मंगलवार १७:४४

गोरखा, २१ असार । उत्तरी गोरखाको केराँैजा गाविस–३ छलिम्पुमा आज पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।

सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । “काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share